Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

रावा इनर्जीले आइपीओ निष्सकासन गर्ने

रावा इनर्जीले आइपीओ निष्सकासन गर्ने

  • काठमाडौँ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले प्राथमिक साधाराण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । 

    images
    images
    images

    कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गर्दै ३ लाख ९९ हजार कित्ता आइपीओ जारी गर्ने घोषण गरेको हो ।  
    यस कम्पनीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

    ३ मेगावाट क्षमताको यस आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ । 
     
    कम्पनीले हाल कायम जारी पुँजी २० करोड रुपैयाँमध्ये स्थानीयका लागि १० प्रतिशत अर्थात् २ करोड बराबरको २ लाख कित्ता सेयर जारी गर्नेछ । यस्तै, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि  १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता आइपीओ निष्कासन गरिने जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij