Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

म्यानचेस्टर सिटीको सहज जित

म्यानचेस्टर सिटीको सहज जित

  • इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । सिटीले  ब्रेन्टफर्डमाथि २–० को जित निकालेको हो।

    images
    images
    images

    इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन रियाद महारेज र केभिन डि ब्रुयनले गोल गरे। 

    खेलको ४०औँ मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाए। पेनाल्टी बक्समा रहिम स्टर्लिङलाई रासमुससेनले फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । 

    पहिलो हाफमा १-० ले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ६९औँ मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। त्यसपछि खेलमा दुबै पक्षबाट गोल नभएपछि सिटीले सहज जित निकाल्यो।

    यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको २४ खेलबाट ६० अंक पुगेको छ। सिटीले दुई खेल कम खेलेको लिभरपुललाई १२ अंकले पछि पारेको छ। पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १४औँ स्थानमा रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij