
May 03 2025 | २०८२, वैशाख २० गते
प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ ।
बुधबार फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा थप मद्दत पुग्ने बताए ।
प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले फोनपेसँगको सहकार्य आफूहरुको लागि सुवर्ण अवसर भएको बताए । डिजिटलाइज र क्यासलेस बनाउने आफूहरुको सोच पूरा गर्न आगामी दिनमा मिलेर अगाडि बढ्ने उनले बताए। फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij