Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

६ महिनामा ४ खर्ब ६८ अर्ब ‘रेमिट्यान्स’ संकलन 

६ महिनामा ४ खर्ब ६८ अर्ब ‘रेमिट्यान्स’ संकलन 

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा (रेमिट्यान्स) संकलन भएको छ । 

    images
    images
    images

    चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म यस्तो विप्रेषण आप्रवाह ४६८ अर्ब ४५ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको हो । 

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा कमी आएपनि अहिले भने पहिलेभन्दा केही मात्रामा सुधार हुन थालेको बैंकले जानकारी दिएको छ । रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा यसवर्ष ५.५ प्रतिशतले कमी आउँदा अर्थतन्त्रमा ठुलो प्रभाव पारेको थियो । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij