
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । शेयर बजार मापन परिसूचक नेप्से आज १६ दशमलव ३० अंकले घटेर दुई हजार आठ सय ३५ दशमलव ५८ विन्दुमा झरेको छ ।
सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट मंगलबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको देखिन्छ ।
व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । एक करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३५ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने सबैभन्दा धेरै लिबर्टी हाइड्रोको शेयर ६ दशमलव २७ प्रतिशत र नेपाल हाइड्रो डेपलपर्सको शेयर पाँच दशमलव १८ प्रतिशतले घटेको छ ।
नेपाल इन्सोरेन्स कम्पनीको शेयर भने झन्डै चार अङ्कले बढेको छ । कारोबार सङ्ख्या र रकम भने गएको आइतबारको तुलनामा बढी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij