Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

पाँच हजार किलो केराउसहित ट्रक चालक पक्राउ

पाँच हजार किलो केराउसहित ट्रक चालक पक्राउ

  • कपिलवस्तु । अवैध रुपमा लैजाँदै गरिएको पाँच हजार किलो केराउसहित कपिलवस्तुमा ट्रक चालक पक्राउ परेका छन् ।

    images
    images
    images

    जिल्लाको यशोधरा गाउँपालिका–७, मर्यादपुरस्थित सडकबाट यूपी५५टी २२९५ नम्बरको ट्रकमा अवैध रूपमा लैजाँदै गरेको पाँच हजार किलो केराउसहित चालकलाई प्रहरीले पक्राउ गरेको हो । 

    images

    गए राति भारतको सिद्धार्थनगर ग्राम इटवा बस्ने २७ वर्षीय धनप्रकाश अग्रहरीलाई प्रहरीले पक्राउ गरेको हो ।

    नेपालबाट भारतको इटवातर्फ जाँदै गरेको उक्त ट्रकलाई प्रहरीचौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ट्रकमा ल्याएको उक्त केराउ फेला पारी चालकलाई पक्राउ गरेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij