
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । सरकारले स्थानीय तहबाटै नागरिकता दिने तयारी गरेको छ । गृहसचिव टेकनारायण पाण्डेले व्यक्तिगत विवरण लगायतका विषयलाई सम्बोधन गर्न लागि वडास्तरबाटै नागरिकता दिने तयारी थालेको बताएका हुन् ।
जन्मदेखिका सबै विवरणहरूको तथ्यांकसहितको विशेष कार्ड उपलब्ध गराएर त्यसैका आधारमा स्थानीय तहबाटै नागरिकता बनाउने तयारी गरेको उनले बताए ।
अहिले वंशजको नागरिकताका समस्याहरू देखिएकाले त्यसलाई सम्बोधन गर्न र तथ्यांक केन्द्रीकृत गरेर केन्द्रबाट पनि निगरानी गर्न लागेको गृह मन्त्रालयले जनाएको छ
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij