Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घटना खुल्यो, मुख्य सुराकको खोजीमा ललितपुर प्रहरी

बालकुमारी मुर्ति खोज्न हम्मेहम्मे

बालकुमारी मुर्ति खोज्न हम्मेहम्मे

  • मुर्ति चोरीको सम्बन्धमा प्रहरी परिसरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले भने, ‘मुर्ति चोरीबारे अनुसन्धानका लागि चार टोली परिचालित भइरहेको छ ।'

    images
    images
    images

    माघ ९ गते आइतबार ललितपुर महानगरपालिका २७ सुनाकोठीमा रहेको बालकुमारी मन्दिरको ऐतिहासिक मूर्ति चोरी भयो । नित्य पूजामा मूर्ति चोरी भएको पाइएपछि हराएको पुष्टि भएको हो । मुर्ति हराएको दुई साता पुग्दै गर्दा मुर्ति फेला नपरेपछि बालकुमारी गुठीले मूर्ति भेटाउनेलाई पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ । हराएको मूर्तिबारे हालसम्म कुनै जानकारी प्राप्त नभएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । 

    यसैबीच, स्थानीयहरुको सक्रियतामा मूर्ति चोरी गर्नेलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ दफा अनुसार कारवाहीका लागि गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार दिउँसो अनलाइन पत्रिकासँग कुरा गर्दै सांसद राजकाजी महर्जनले भने 'गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा मुर्ति खोजीमा तीव्रता दिन ज्ञापनपत्र बुझाएका छौं ।'

    ज्ञापन पत्र बुझाउँदा वागमती प्रदेश सभा सदस्य, सांसद, वडा अध्यक्ष, वडा सदस्य, गुठीका मूल नायो, गुठियार पाला र स्थानीयहरुको सहभागिता थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनुसन्धानमा खटिएको सुरक्षा संयन्त्र निकै गम्भीर रहेको बताए । 

    मुर्ति चोरीको सम्बन्धमा ललितपुर प्रहरी परिसरले सुक्ष्म अध्ययन गरिरहेको जनाएको छ । प्रहरी परिसरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले भने, ‘यो विषयमा हामीपनि निकै गम्भीर छौं ।' एसएसपी पोखरेलका अनुसार मुर्ति चोरीबारे अनुसन्धानका लागि चार टोली परिचालित भइरहेको छ ।' 

    यता चापागाउँ प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले घटनास्थलबाट सीसी टिभीको फुटेज र अन्य सुराकबाट अनुसन्धान तीव्र गरिएको दावी गरे । 

    त्यस्तै, करिब चार वर्ष अगाडि ठेचोमा पनि ब्रम्हायणीको मूर्तिपनि चोरी भएको थियो । जुन हालसम्म पाइएको छैन । त्यो समयको चोरीलाई सम्झिदैँ स्थानीय तुयुलाल महर्जन भन्नुहुन्छ, सीसी टिभीको लाइन नै काटेर ब्रम्हायणीको मुर्ति चोरिएको थियो । हालसम्म अत्तोपत्तो छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij