
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । झापामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएको छ । मेचिनगर-१३ चारआली बस्ने ७१ वर्षीय खम्बा सिंह कार्कीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
घर नजिकै आएको हात्तीलाई धपाउने क्रममा हात्तीले आक्रमण गर्दा घाइते कार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात्तीले कुल्चिँदा कार्कीको गम्भीर चोट लाग्नुका साथै बायाँ खुट्टासमेत भाँचिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij