
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँको बौद्धस्थित एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिंगो खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिंगो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् ।
साथै, उनीहरूबाट ६ लाख १८ हजार २५० रुपैयाँ समेत बरामद गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij