नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिरी रहेका दुई जना प्रहरी हवल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै आज सार्वजनिक सूचना जारी गरेको हो ।