
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाण्डाैँ । भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चामा निसासिएर तीन महिनाका शिशुको ज्यान गएको छ । शिशुका बुबाआमाको बेहोस अवस्थामा उपचार भइरहेको छ ।
गाम्चामा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षका अभिषेक रम्तेल र पसुना तामाङका तीन महिनाका छोराको उपचारका क्रममा बिहान ज्यान गएको महानगरीय प्रहरी प्रभाग भक्तपुरले जनाएको छ ।
राति आगो तापेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि प्रहरीले झ्याल फोडेर हेर्दा सबै बेहोस अवस्थामा थिए । बेहोस भएका तीन जनामध्ये शिशुको ज्यान गएको र दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फाइल तस्वीर
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij