
Jun 23 2025 | २०८२, असार ९ गते
ओखलढुंगाको नारायणस्थानमा आज जीपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ । घाइते भएकाहरुलाई स्थानीय सोब्रुस्थित मिसन अस्पतालमा लैजाने क्रममा तीनजना मृत घोषणा गरेको हो ।
३ घाइतेमध्ये २को अवस्था गम्भीर छ । उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।
“सहरी पूर्वाधार विकास आयोजनाले सडककै काम गर्दा ढुंगा खरेर जीपमा लागेको देखियो । प्रारम्भिक रूपमा ठेकेदारको असावधानीका कारण दुर्घटना भएको देखिएको छ,” प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
प्रतिकारात्मक तस्बिर
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij