
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । मकवानपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट नियन्त्रित लागूऔषध एक सय एमएलको डाइलेक्स डिसि १ सय १० बोतल सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–९ घोरङ बस्ने २२ वर्षीय नबराज तामाङ रहेका छन् । बा.५१ प ८३७५ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फाइल तस्वीर
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij