
Jun 23 2025 | २०८२, असार ९ गते
कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा बन्द गर्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै केही कर्मचारीलाई कोरोना पुष्टी भएको र अन्य कर्मचारी लाई मिल्दो जुल्दो लक्षण देखापरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवम् प्रशासकिय अधिकृत शिवराज जोशीका अनुसार शान्ति सुरक्षा र मुद्दा बाहेकका सबै सेवा बन्द गरिनेछ । उनले सेवा लिन आउने सेवाग्राहीलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न र कोरोना बिरुद्धको खोप कार्ड लिएर आउन अनुरोध गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij