Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना पक्राउ

अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना पक्राउ

  •  नेपाल प्रहरीले नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरुमा पर्वतको फलेबास घर भएका २१ वर्षिय राजन भट्टराई, सुनसरीको इटहरीका २५ वर्षका बिसाल श्रेष्ठ र काठमाण्डौको थापाथली बस्ने २७ वर्षका दिपेनराज श्रेष्ठ रहेका  छन् ।प्रहरीका अनुसार उनिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम विपरीत क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएपछि माघ ६ गते दिउँसो काठमाडौंको मिनभवनबाट पक्राउ गरीएको हो ।

    images

    पक्राउ परेका व्यक्तिहरु मध्ये राजन भट्टराईले हालसम्म ९७५ जना ब्यक्तिहरुसंग १ हजार ९२६ पटक कारोबार गरेको प्रहरीले जनाएको छ । साथै उनले मंसिर देखि पुससम्म २ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार गरेका थिए । साथै अन्य दुई व्यक्तिले समेत कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ ।

    उनिहरुलाई बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको उक्त महाशाखाले जनाएको छ ।

    नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्ने गराउने कार्य अवैधानिक छ । यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न तथा नगराउन समेत प्रहरीले आग्रह गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij