
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौँ। काठमाडौँको ज्याठाबाट प्रहरीले करिब ७ हजार लिटर नक्कली महसहित एक जनालाई पक्राउ गरेको छ ।
ग्लुकोज र चिनी मिसाएर मह उत्पादन गरेको आरोपसहित महानगरीय प्रहरी अपराध महाशाखाले नरेश श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो ।
श्रेष्ठले आफ्नै घरमा नक्कली मह उत्पादन गर्ने र स्पर्श ब्रान्डको नामबाट बजारमा बिक्री गर्ने गरेको महाशाखाले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij