
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई पर्साकाे वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ ।
ट्रकका चालक पर्साको जगरनाथपुर गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त ट्रकमा भएको मालसमानसहित रु ३० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij