
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडाैँ । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले सामुदायिक स्वास्थ महिला स्वयंसेविकालाई मोबाइल बितरण गरेकी छन् ।
मेयर साहले नगरक्षेत्रभित्र कार्यरत ३६ जना मध्ये २६ जना महिला स्वयंसेविकालाई मोबाइल बितरण गरेकी हुन्। बाँकी १० जनालाई शुक्रबार बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।
केहीँ दिन अघि मेयरकै पहलमा मौलापुर नगरक्षेत्र अन्तर्गत कक्षा १२ मा अध्ययनरत ७० जना छात्रालाई ल्यापटप बितरण गरिएको थियो । उनकै अगुवाइमा नगरपालिका भरिका सबै परिवारमा निशुल्क ग्याँस सिलिन्डर चुल्हो बितरण गरि धुँवामुक्त घोषणा गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij