
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । प्रहरीले ठूलो मात्रामा लागु औषधसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
महोत्तरी औराही–४ कठुधारबाट दुई हजार ९८२ पिस नाइट्राभेटसहित दुई जना पक्राउ परेका थिए । उक्त पक्राउ पर्नेमा सरोज विक र आकाश शर्मा छन् ।
मण्डन देउपुर, काभ्रेका विक र गोलबजार सिराहाका शर्मालाई सम्सीबाट बर्दिवासतर्फ जाँदै गरेको बा ४६ प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरीले जाँच गर्ने क्रमामा दुवैलाई पक्राउ गरिएको महोत्तरी प्रहरी जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij