Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

  • भक्तपुर । भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका -२ सानोठिमीस्थित अनुदान चोकबाट नगद १ हजार रुपैयाँ दिँई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा सानोठिमी बस्ने काभ्रे बनेपा नगरपालिका -१४ घर भएका ४० वर्षीय गणेश थापालाई सोमवार बेलुका प्रहरीले पक्राउ गरेको हो।

    images
    images
    images

    महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा १९ च १६७८ नम्बरको कार जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको फेला पारी नियन्त्रणमा लिने क्रममा गणेशले उक्त रकम दिन खोजेपछि प्रहरीले सो रकम र कार सहित उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij