
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ। भक्तपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको हाे ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी पनि कोभिड–१९ बाट संक्रमित भई उपचार र आइसोलेशनमा बस्नु परेकाले प्रशासनले यस्तो निर्णय गरेको हो ।
अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वायरूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर लिएर आउन आग्रह गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij