Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

 मुसहर बस्ती राहतको पर्खाइमा

 मुसहर बस्ती राहतको पर्खाइमा

  • सिरहाको गोलबजार नगरपालिका–१० धोवियाधारमा बसोबास गर्दै आएका ४० घरपरिवारको मुसहरहरूको पीडा

    images
    images
    images

    सिरहाको गोलबजार नगरपालिका–१० धोवियाधारमा बसोबास गर्दै आएका ४० घरपरिवारको मुसहरहरूको पीडा हो । हुस्सु र शीतलहरले तराई मधेश नै चिसिएको बेला यहाँका विपन्न मुसहरहरूको अवस्था अझै कष्टकर भइरहेको छ ।

    images

     एक छोरी र दुई छोरासहित पाँच जनाको परिवार रहेकी मङ्गली सदाय बाँसका किलाहरूमा उभ्याइएका खरले छाएको छाप्रोमा बस्छिन् । घरभित्र पुराना कपडा र राती ओछ्याउने पराल मात्र छ । musara.jpg

    हालसम्म सिरहामा शितलहरका कारण मुसहर समुदायककै एक जना र बेवारिसे एक जना गरी २ जनाको मृत्यु भइसकेको छ । जाडोले बस्तीका बालबालिका तथा वृद्धवृद्धा अप्ठ्यारोमा परेको भए पनि अहिलेसम्म कसैले केही सहयोग नगरेको हेमकुमार सदायले दुःखेसो पोखे । 

    सिरहाको विभिन्न ४०० ससाना टोलमा गरी करिव ५० हजारको हाराहारीमा मुसहरहरूको बसोबास छ । यो समुदाय करिव ९८ प्रतिशत भूमिहीन रहेको बताइन्छ र आर्थिक अवस्था कमजोर भएकै कारण सदाय समुदाय विभिन्न खालको प्राकृतिक प्रकोपबाट पीडित हुँदै आएका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij