
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । रोल्पामा एक महिलाले ढुङ्गा र हँसिया प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् ।
सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति गोठमा सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बताइएको छ ।
उक्त घटना बारे अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij