Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

प्रधानमन्त्रीद्वारा जनसरोकारका दुई विषयमा निर्देशन

प्रधानमन्त्रीद्वारा जनसरोकारका दुई विषयमा निर्देशन

  • काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनसरोकारका दुई विषयमा निकायलाई निर्देशन दिएका छन् ।  देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारीले तत्काल अन्त्य गर्ने गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् ।
    यदि कसैले औषधीको कृत्रिम अभाव सृजना गरेको पाएमा तत्काल कारवाही गर्ने सरकारले चेतावनी दिएको छ।  
    यस्तै देउवाले पीसीआर परीक्षण शुल्क पनि घटाउन निर्देशन दिएका छन् । उनको निर्देशनपछि शुल्क घटिसकेको छ।  जसअनुसार निजि अस्पताल तथा ल्याबहरुले १५ सयभन्दा बढि शुल्क लिन नपाउने स्वास्थ्य मन्त्रालयले  निर्णय गरिसकेको छ । यसअघि निजितर्फ पीसीआर परिक्षणको शुल्क २ हजार रुपैया थियो । यस्तै सरकारीतर्फ १ हजार भएकामा ८०० रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    कोरोनाको लक्षण देखिएकाको हकमा  सरकारी अस्पतालमा निःशुल्क परीक्षण हुनेछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij