
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको मृत्यु भएको छ ।
बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् ।
तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ ।
ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।
फाइल फोटो
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij