
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । पसलहरूमा चोरी गरेको अभियोगमा दाङको तुलसीपुरबाट दुई युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भएका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भएका १९ बर्षीय विशाल परियार पक्राउ परेको जिल्ला प्रहरीले जानकारी दिए ।
अर्का एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर–सल्यान सडक खण्डका दुई वटा पसलबाट झन्डै ६० हजार बराबरको सरसामान चोरी भएको थियो । त्यो बाहेक आसपासका थप ११ वटा पसलमा चोरीको प्रयास भएको सिसी टिभी फूटेजमा देखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij