
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ। कोरोना संक्रमणको गति फेरि बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको हो । यो नियम ७ माघबाट लागू हुँदै छ ।
गृह मन्त्रालयको बैठकमार्फत सरकारले ७ माघबाट खोप कार्डबिना हिँडडुल गर्न नपाइने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए ।
बैठकले कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मोबाइलमा भए पनि कार्डको फोटो खिचेर राख्दा हिँडडुल गर्न सहज हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij