Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

कोरोना कहर : मनकामना मन्दिर बन्द, केबुलकार खुल्ने

कोरोना कहर : मनकामना मन्दिर बन्द, केबुलकार खुल्ने

  • गोरखा । गोरखाको मनकामना मन्दिर शुक्रबारदेखि बन्द हुने भएको छ । कोरोना महामारीका कारण मनकामना मन्दिर प्रवेशमा रोक लगाईएको हो । मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीका अनुसार शुक्रबारदेखि नित्य पूजा गरी सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाउने निर्णय भएको छ । तर मनकामना केबलकार भने सुचारु नै रहनेछ ।

    images
    images
    images

    शुक्रबारदेखि केबलकार तथा पैदल र यातायातबाट आउने तिर्थ यात्रीहरुले मन्दिरको रेलिङ बाहिरैबाट मन्दिरको सहयोगी मार्फत पूजा गर्न सक्नेछन् । मनकामना मन्दिरमा अहिले पनि दैनिकरुपमा ५ हजार भन्दा बढी मानिसहरुले पूजा आजा गर्दै आएको मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले जानकारी दिए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij