
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ । काठमाडौँमा चुच्चो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेत रहेका छन् ।
प्रहरीले उनीहरूलाई चन्द्रागिरि नगरपालिका-१२ का गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न भएको भन्दै पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धान अनुसार फलामको दाउ र कैँचीको प्रयोग गरी रिजालको हत्या भएको थियो।
गम्भीर घाइते भएका रिजालको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij