
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भुको ब्यारेकमा एकजना महिला प्रहरी जवानले आत्महत्याको प्रयास गरेकी छन् । वृत्तमा कार्यरत प्रहरी जवानले बिहान सवा आठबजे ब्यारेकमै कोही नभएको मौका छोपेर पासो लगाएकी थिइन् ।
सहकर्मी साथीहरु समयमै पुगेर देखेपछि महिला प्रहरीको ज्यान जोगिएको छ । हाल प्रहरी अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । प्रहरीभित्रै यस्तो घटना भएपछि त्यसको कारण खोज्न अनुसन्धान थालेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij