Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

४९ लाख ठगी आरोपमा एकजना पक्राउ

४९ लाख ठगी आरोपमा एकजना पक्राउ

  • काठमाडाैँ । दाङका विकाश पुन ठगी मुद्दामा काठमाडौंबाट पक्राउ परेका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

    images
    images
    images

    पुनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रियाका लागि काठमाडौँबाट दाङ ल्याइने भएको छ ।
    कपिलबस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको आरोपसहित दाङको घोराही १४ निवासी ४० वर्षीय पुनविरुद्ध पुस महिनामा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

    images

    थापाले राप्ती नदीमा बालुवा, गिट्टीको काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी भागेको जाहेरीमा उल्लेख गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij