
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । सर्लाहीमा गोडैता नगरपालिका-४ रोहवामा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ ।
ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको हो ।
ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकाले उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij