
Jun 24 2025 | २०८२, असार १० गते
वीरेन्द्रनगर । सुर्खेतमा एकै घरका चार जनाकाे मृत्यु भएका छन् । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा निस्सासिएर उनिहरू मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृत्यु हुनेमा जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएका ३५ वर्षीया कल्पा बुढा, उनका आठ वर्षीय छोरा निरज, नौ वर्षीय छोरा चिरञ्जीवी र कल्पाका दाजु मानबहादुर बुढाका पाँच वर्षीय छोरा सोमराज बुढाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकाले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घरमा कोइला बाली झ्याल ढोका थुनेर सुत्दा मृत्यु भएको हुन सक्ने देखिएको छ । निसास्सिएर मृत्यु भएको आशंका गरेको प्रहरीले घटनाबारे थप अनुसन्धानपछि रहस्य खुल्ने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij