Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य

समृद्धिका लागि सूचना प्रविधिको उच्च प्रयोग अपरिहार्य

  • काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको पहिलो ‘इन्डस्ट्री–गभर्मेन्ट डाइलग’ कार्यक्रमका सहभागी मन्त्री, सूचना प्रविधि विज्ञहरू र निजी क्षेत्रका प्रतिनिधिहरूले सूचना प्रविधिको उच्चतम अभ्यासले नै सुशासनसहितको समृद्धि हासिल हुने धारणा राखेका हुन् ।1062085340can.jpeg

    images
    images
    images

    कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय क्षेत्रको विकास र डिजिटाइजकै लागि सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ अवधारणा कार्यान्वयनमा ल्याएको बताए ।अर्थमन्त्रीले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका साथै अन्य सम्बन्धित निकायहरूबीचको तत्काल सार्थक बैठकको तयारी गर्न क्यानलाई गर्दै सूचना प्रविधि क्षेत्रमा विश्व सँगसँगै अघि बढ्न नेपाल सक्षम भइसकेको उनले बताए । मन्त्री गुरुङले आईसीटी सेक्टरको इन्भेस्टमेन्ट समिट आयोजनाका लागि क्यान महासंघलाई आग्रह गरे । त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा.पुष्पराज कँडेलले १५ औँ योजनाको २५ वर्षे रणनीतिमा ‘कनेक्टिभिटी’ लाई मूल रुपमा उल्लेख गरिएको जानकारी गराए ।

    नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले २०७२ सालको भुइँचालोदेखि २०७७ सालको कोभिडसम्ममा सूचना प्रविधिले पुर्‍याएको सहयोगलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए । उनले पनि सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रलाई सुझाव लिएर आउन आग्रह गरे ।कोभिड १९ को समयमा कल्पना नै नगरेको संख्यामा ई–पेमेन्ट भएको पाइएपछि राष्ट्र बैंकले क्यूआरको लागि अभियान नै सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।राष्ट्र बैँकले तरकारी बजारदेखि हरेक पसल–पसलसम्म नोटको प्रयोग कम गर्ने उद्देश्यले चाँडै क्यूआर कोड अभियान सञ्चालन गर्दै छ,ु उनले भने, ‘तथ्यांक लिने काम भइरहेको छ, हामी कालिमाटी तरकारी बजारका हरेक पेमेन्ट क्युआरबाट गराउने तयारीमा छौँ ।’नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले डिजिटल डिभाइडको समस्या विकराल ढंगले देखापरेको बताए । ‘पठनपाठनकै सन्दर्भमा हेर्ने हो भने १० प्रतिशत विद्यालय र १० प्रतिशत विद्यार्थीमात्र अनलाइन कक्षामा सहभागी भएको पाइयो,’ उनले भने, ‘यसले सूचना प्रविधिमा हामी कुन स्तरमा छौँ भन्ने प्रस्ट पार्छ ।’

     

    उनले सूचना तथा सञ्चार प्रविधि नीति पुनरावलोकन, निजी क्षेत्रमा प्रविधि हस्तान्तरण, स्वदेशी उद्योगमा नेपाली सफ्टवेयर खरिद र इन्टरनेटको शुल्क कटौतीका लागि सरकारले तत्काल काम थाल्नुपर्ने माग गरे । क्यान महासंघ र सरकारबीचको सहकार्यले मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने अध्यक्ष कुँवरले बताए ।सुचना तथा संचार सम्वन्धि ब्यवसायीले भोगेका समस्याहरु, त्यसका समाधानका निमित्त नेपाल सरकार र संवन्धित क्षेत्रवाट भएका सुस्तता तथा कतिपय अवस्थामा सुचना तथा संचार प्रविधिका सन्दर्भमा उठाएका नितिगत मुद्दाहरुमा संबन्धित पक्षहरुविचमा भएको बुझाईको फरकता हटाउनको निमित्त कार्यक्रम गरिएको र यसलाई भविस्यमा निरन्तरता दिईने क्यान महासंघका महासचिव नारायण थापाले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij