
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । नेकपा माओवादी केन्द्र मेचीनगर कमिटीले तीनवटा जनमुखी अभियान सञ्चालन गर्ने भएको छ । माघ १ गतेदेखि जनताको घरदैलोमा पुग्न सुत्केरी पोषण कार्यक्रम, कृषि कार्यक्रम र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले पार्टीले विगतमा उठाएका समाजवादलगायत एजेण्डा जनतामाझ पु¥याउन अभियान सञ्चालन गर्न लागेको बताउनुभयो ।
सुत्केरी पोषण अभियान पहिलो चरणमा मेचीनगरका वडा नंं ७ र १४ मा लागू गरिने भएको छ । यो अभियानमा सुत्केरीलाई एक प्याकेट ल्याक्टोनिज, एक किलो घ्यू, आधा किलो हर्लिक्स, मिठाइसहित नानीको मुख हेरेर रु १०० सहयोग गरिने अध्यक्ष चिमरियाले बताउनुभयो ।
नगर कमिटीले स्वास्थ्य बिमा कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ । यसअघि नगरका विपन्न ५५ घरपरिवारको स्वास्थ्य बिमा गराइसकिएको र आगामी वैशाखभित्र थप ६० परिवारलाई बिमा कार्यक्रममा जोडिने भएको छ ।
नगर कमिटीले श्रमलाई महत्व दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई रोजगारीमा सामेल गराउने उद्देश्य पनि राखेको छ । पार्टीले कार्यकर्तालाई कृषि क्षेत्रमा जोड्दै व्यवसायमुखी बनाउन लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij