
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ । धनकुटा नगरपालिका–२, नागढुंगामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
टिपर चालक प्युठानको माण्डवी गाउँपालिका–१ का २७ वर्षीय भुवन ठेडीमगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट २५ मिटर जति तल खसेको थियो । त्यसमा चालक र परिचालक च्यापिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij