
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई दिएकाे छ । आजबाट उनले औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । उनी हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत छन् ।
प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ । हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij