Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहारबाट हत्या

स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहारबाट हत्या

  • वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले  बताए ।

    images
    images
    images

    हत्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेको उनले बताए ।

    images

    ‘दिउँसो १ बजे चक्कु प्रहार भएको हो, तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेका थिए’ अधिकारीले भने, ‘घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते छिन्, उनको अवस्था मध्यम छ ।’

    प्रहरीका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij