
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडाैँ । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिता खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
पुलिसले समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि ४ विकेटको जित हात पारेको हो ।
जितसँगै पुलिस २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।
आर्मीले दिएको १३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पार गर्यो।
पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३५ रनको योगदान दिए । राशिद खानले २८ रन बनाउँदा अविजित रहेका दिलिप नाथले २५ रन जोडे ।
आर्मीका लागि साहब आलमले ३, जितेन्द्र मुखियाले २ र कुशल मल्लले १ विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन को योगदान दिए । सोमपाल कामीले ४२, कुशल मल्ल, हरि चौहान र सुशन भारीले १२-१२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि करण केसीले ४, गुल्सन झा र योगेन्द्रसिंह कार्कीले २-२ तथा आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij