
Jun 24 2025 | २०८२, असार १० गते
आरोपी भनिएकी २६ वर्षीया बिना सिङतानले प्रहरीले गरेको सोधपुछमा श्रीमानलाई दाउराले पटकपटक प्रहार गरेको र पछि होशमा नआएपछि श्रीमानलाई बोकेर गोरेटो बाटोमा घोप्टो अवस्थामा राखेर फर्किएको स्विकार गरेकी छन् ।
ललितपुर । श्रीमानको हत्यामा संलग्न श्रीमतीलाई महानगरीय प्रहरी वृत सातदोबाटो पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिकामा मृत भेटिएका कुमार सिङतानको सुक्ष्म अनुसन्धानपछि आरोपी पक्राउ भएको हो ।
वृतका प्रहरी निरीक्षक हरि वलीको कमाण्डको टोलीले मृत्तकको घरकोठा खानतलासीसँगै फोन सम्पर्कको गहिरो अनुसन्धानपछि हत्या संलग्न श्रीमती पक्राउ गर्न सफल भएको हो । यस घटनामा श्रीमतीले नै घटनाको अनुसन्धान गरि पाउँ भनेर जाहेरी दिएकी थिइन् ।
आरोपी भनिएकी २६ वर्षीया बिना सिङतानले प्रहरीले गरेको सोधपुछमा श्रीमानलाई दाउराले पटकपटक प्रहार गरेको र पछि होशमा नआएपछि श्रीमानलाई बोकेर गोरेटो बाटोमा घोप्टो अवस्थामा राखेर फर्किएको स्विकार गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij