Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

  • कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका कारण आन्तरिक तथा बाह्य पर्यटक आउने सङ्ख्यामा वृद्धि भएको छ । 
     
     आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे भएकाले यतिबेला कुरी बजारले पर्यटक धान्नै सकेको छैन । 

    images
    images
    images

    हिउँ खेल्न साथै अग्लो पहाडमा उभिएकी कालीञ्चोक भगवतीको दर्शन गर्न आउने पर्यटक बाक्लिएका छन् । कालीञ्चोक कुरी बजारमा रहेको डिकी होटेलका सञ्चालक राम तामाङ भन्नुहुन्छ, “हिमपात पूर्वभन्दा हिमपातपछि पर्यटकको चाप धेरै हुने गरेको छ । हिउँ पर्नुभन्दा अघि यतिको सङ्ख्यामा पर्यटक आउने गरेका थिएनन् । आएका पर्यटकलाई सजिलैसँग सेवा दिन सकिन्थ्यो । अहिले पर्यटकको चाप बढेसँगै धेरै खट्नुपरेको छ । शुक्रबार त झन् थामिसक्नु हुँदैन ।”

    images

     
     “हिउँनै हिउँको पहाड हेर्न र खेल्नकोे लागि कालीञ्चोक आएको बताउँछन् । उहाँ भन्नुहुन्छ आँखै अगाडि यतिधेरै हिउँमा रमाउन पाएको पहिलोपटक हो ।” अधिकांश युवा हिउँ खेल्नका लागि कालीञ्चोक आउने गरेको स्थानीय होटल व्यवसायी बताउँछन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij