
Jun 24 2025 | २०८२, असार १० गते
ठाउँठाउँमा बेच्न राखेका चाकु, तिलको लड्डू, मुरीको लड्डु, यस्तै यस्तै मिठाइले टोखाको रौनक बढाइरहेको छ । टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो ।
पुसमा पकाएर माघमा खाने पुरानो चलन छ । यो चलनलाई माघे सन्क्रातीको नाम दिएको छ । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे सन्क्राती नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् ।
महिनामा ३ देखि ४ लाखसम्म आमदानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन् । एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म, खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलोको १८० रुपैयाँ पर्न जाने उनी बताउँछन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij