Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

काभ्रे प्रहरी कस्सिएपछि पनौतीमा धम्क्याउने ज्वाला पक्राउ

काभ्रे प्रहरी कस्सिएपछि पनौतीमा धम्क्याउने ज्वाला पक्राउ

  • पनौती बजार क्षेत्रका व्यक्तिलाई धम्क्याउने तथा स्थानीयवासीको दैनिक कार्यमा समेत अवरोध पु¥याउने काम गर्दै आइरहेको पाइएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेलका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोलाका २८ वर्षीय दिनेश गोले रहेको प्रहरी जनाएको छ ।

    images

    महत बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी–व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्नेलगायत कार्यमा संलग्नता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार गोलेले पनौती बजार क्षेत्रका व्यक्तिलाई धम्क्याउने तथा स्थानीयवासीको दैनिक कार्यमा समेत अवरोध पु¥याउने काम गर्दै आइरहेको पाइएकाले पक्राउ गरिएको हो ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij