
Jun 24 2025 | २०८२, असार १० गते
काममा लगाइदिने बहानामा महिलालाई बेहोस बनाई भारतमा पु¥याएर बिक्री गरेको पाइएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले नुवाकोट बालकुमारीबाट अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पु¥याएर बेचेको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।
भारतको कोठी सञ्चालकले उनलाई रु तीन लाखमा किनेको भनी यौन कार्यमा लगाएका पीडितको जाहेरीमा उल्लेख छ ।
पीडितको जाहेरीका आधारमा खोजी गर्दा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १० कपनबाट तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij