Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

प्रहरी परिसर ललितपुरको सफलता : बुद्धको मुर्ति चोरेर बेच्न हिडेका योञ्जन च्याप्पै  

प्रहरी परिसर ललितपुरको सफलता : बुद्धको मुर्ति चोरेर बेच्न हिडेका योञ्जन च्याप्पै  

  • ललितपुरमा देवीदेवताका ऐतिहासिक मुर्तिहरूको चोरीको घटना बढेको छ । चोरी बढेपछि प्रहरी परिसर जावलाखेलले सुक्ष्म अनुसन्धानलाई तीव्रता दिएको छ । प्रहरी परिसरको यो अनुसन्धानले चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको छ ।

    images
    images
    images

    परिसर तथा मातहत समेतबाट प्रहरी परिचालन गरेपछि टौखेलबाट हराएको बुद्धको मुर्ति बेच्न हिडेका सामाखुसी बस्ने नेशनल योञ्जनलाई मुर्तिसहित पक्राउ परेका छन् । चोरी भएको बुद्धको मुर्ति खरिद गर्न आउने क्रममा नःटोलका सानुलाल महर्जनलाई समेत पक्राउ गरिएको छ ।

    images

    योञ्जनसँग कुम्भेश्वरस्थित बंगलामुखी मन्दिर अगाडि रहेको मिसाहिटीको ढुंगेधारा माथि रहेको नारायणको मुर्ति र टौखेलस्थित पञ्चयिन मन्दिरबाट चोरी भएको ढुंगामा कुँदिएको बुद्धको मुर्ति बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरिक्षक प्रज्वल महर्जनले जानकारी दिए । 

    budda.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij