Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

७५० एम्पुल लागूऔषधसहित दुई जना पक्राउ

७५० एम्पुल लागूऔषधसहित दुई जना पक्राउ

  • बाराबाट काठमाण्डौतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा आज दिउँसो नागढुङ्गाबाट लागूऔषधसहित दुई जना पक्राउ गरेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-१ का २७ वर्षीय कृष्ण यादव र सप्तरी सखुवा गाउँपालिका-४का १९ वर्षीय दिपेश कुमार राम रहेका छन् ।

    images

    कृष्ण यादवको साथबाट १५० एम्पुल नुफिन, १५० एम्पुल फेनेर्गन र १५० एम्पुल डाइजेपाम गरी ४५० एम्पुल लागूऔषध तथा दिपेश कुमार रामको साथबाट १०० एम्पुल नुफिन, १०० एम्पुल फेनेर्गन र १०० एम्पुल डाइजेपाम गरी ३०० एम्पुल गरी जम्‍मा ७५० लागूऔषध बरामद गरेको छ । थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij