
Jun 24 2025 | २०८२, असार १० गते
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जना घटना स्थलमा मृत्यु भएको छ ।
लु ४ त २४०२ नम्बरको ट्याक्टर बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij