
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौं । सौर्य एयरलाइन्सको उडानबाट विराटनगर हुँदै काठमाडौं आइपुगेको चाउचाउको कार्टुनभित्र ५० लाख रुपैयाँसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
सुरक्षा कार्यालयको टोलीले सो रकम लिन सौर्य एयरलाइन्समै कार्यरत रेशा शाक्य पोखरेललाई पक्राउ गरेको हो ।
रातो रङको ब्याग चेकजाँच गर्दा लुकाइछिपाइ राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउको कार्टुनभित्र सो रकम फेलापरेको प्रहरीले जनाएको छ ।
थप कारबाही र अनुसन्धानका लागि पोखरेलसमेतलाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij