बुटवल । बुटवलबाट गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् ।
शव लिएर दाहसंस्कारका लागि जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोटमा दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।